प्रधानमन्त्री बालेन्द्र शाहले सांसदसँगको छलफललाई निरन्तरता दिदै

प्रधानमन्त्री बालेन्द्र शाहले सांसदसँगको छलफललाई निरन्तरता दिदै

काठमाडौँ – प्रधानमन्त्री बालेन शाहले सांसदसँगको छलफललाई निरन्तरता दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले छलफल जारी छ । छलफल बिहान ११ बजे शुरु भएको हो।

उनले मंगलबार पहिलो चरणमा सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रधानमन्त्री शाहले प्रदेशगतरूपमा त्यहाँका समस्या र सम्भावना बुझ्न त्यहाँका सांसदसग भेटघाट गरेका हुन्। उनले सोमबार कर्णाली र कोशीका सांसदसँग बालेनले भेटघाट गरेका थिए।

खबरपाटी
खबरपाटी