संघीय संसद् सचिवालयद्धारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

संघीय संसद् सचिवालयद्धारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

काठमाडौँ – संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएको छ । 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत १९ गते संघीय संसदको अधिवेशन आह्वान भएसँगै तयारीका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएको सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।

बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित सचिवालयमा बस्नेछ। 

राष्ट्रपति पौडेलले सोमबार गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजे आह्वान गरेका छन् । 

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।

खबरपाटी
खबरपाटी