यातायातका थप ९ बिचौलिया पक्राउ

यातायातका थप ९ बिचौलिया पक्राउ

काठमाडौँ - काठमाडौँका विभिन्न यातायात कार्यालयमा बिचौलिया बनेर हैरानी दिएको आरोपमा पक्राउ पर्ने १६ जना पुगेका छन्। 

यसअघि ७ जना पक्राउ परेकामा आजै थप ९ जना पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईले थाहाखबरलाई जानकारी दिए। 

उनीहरूलाई काठमाडौँका विभिन्न यातायात कार्यालयबाट सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने भनी हैरानी दिएकाले पक्राउ गरिएको हो। 

उनीहरूलाई स्वयम्भूस्थित सानोभर्याङ यातायात कार्यालय र गुर्जुधारा यातायात कार्यालयबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
 

खबरपाटी
खबरपाटी