एमाले सचिव महेश बस्नेतलाई पक्राउ पूर्जी दिन अदालतले गर्यो अस्वीकार

एमाले सचिव महेश बस्नेतलाई पक्राउ पूर्जी दिन अदालतले गर्यो अस्वीकार

काठमाडौँ - काठमाडौँ जिल्ला अदालतले एमाले सचिव महेश बस्नेतलाई पक्राउ पूर्जी दिन अस्वीकार गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले मुद्दा विचाराधीन रहेको जनाउँदै अदालतले पक्राउ पुर्जी दिन नपर्ने उल्लेख गरेको थाहाखबरलाई जानकारी दिए।

मुद्दापछि भने आवश्यक प्रक्रिया अघि बढ्नसक्ने पनि उनले बताए। प्रहरीले सोमवार अदालतमा नेता बस्नेतलाई पक्राउ गर्न अनुमति माग गरेको थियो।

बस्नेतविरुद्ध २०८० चैत २५ मा जबर्जस्ती करणीको जाहेरी दर्ता भएको थियो। सरकारी वकिलले प्रमाण नपुग्ने भन्दै तामेलीमा राखेको थियो। तामेलीविरुद्धको मुद्दा उच्च अदालतमा विचाराधीन रहेको छ।

खबरपाटी
खबरपाटी