पूर्वगृहमन्त्री लेखकलाई म्याद थपका निम्ति जिल्ला सरकारी वकिल कार्यालयमा ल्याइयो

पूर्वगृहमन्त्री लेखकलाई म्याद थपका निम्ति जिल्ला सरकारी वकिल कार्यालयमा ल्याइयो

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका निम्ति माइतीघरस्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा ल्याइएको छ । शनिबार (चैत १४) भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको तत्कालीन जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा कारबाही सिफारिस गरिएका आधारमा उनलाई पक्राउ गरिएको हो । पक्राउपछि उनलाई महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिएको थियो ।

आइतबार (चैत १५) सरकारी वकिल कार्यालयमा बयानपछि उनलाई म्याद थपका निम्ति काठमाडौंमा जिल्ला अदालतमा लगिनेछ । उनीमाथि भदौ २३ गतेको घटनाका सम्बन्धमा मुद्दा चलाउने तयारी छ ।

शनिबारै नेकपा (एमाले)का अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई भने स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

खबरपाटी
खबरपाटी