सट्टेबाज एप र वेभसाइट २४ घन्टाभित्र बन्द गर्न निर्देशन

सट्टेबाज एप र वेभसाइट २४ घन्टाभित्र बन्द गर्न निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २४ घन्टाभित्र अनलाइन सट्टेबाज एप बन् गर्न निर्देशन दिएको छ । 

नेपाल दुरसञ्चार प्राधिकरणलाई मन्त्रालयले सट्टेबाज एप र वेभसाइट बन्द गर्न निर्देशन दिएको हो । मन्त्री विक्रम तिम्लसिनाले तत्काल प्रक्रिया प्रारम्भ गर्न निर्देशन दिएका हुन् । 

सरकारले अवैध पुँजी पलायन रोक्न सट्टेबाज एप तथा वेभसाइट बन्द गर्ने नीति लिएको थियो । त्यस अनुसार मन्त्रीले प्राधिकरणलाई निर्देशन दिएका हुन्।  

प्राधिकरणका सहायक प्रवक्ता प्रदीप पौड्यालले मन्त्रालयको निर्देशन अनुसार इन्टरनेट सेवा प्रदायकलाई सूचित गरिएको बताए । 

खबरपाटी
खबरपाटी