पासपोर्ट, नागरिकता प्रतिलिपि र लाइसेन्स लगायतका सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्था

पासपोर्ट, नागरिकता प्रतिलिपि र लाइसेन्स लगायतका सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्था

काठमाण्डौ - सरकारले शासकीय सुधारको १०० कार्यसूची सार्वजनिक गर्दै  नागरिकता र राहदानीको प्रतिलिपि जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट बनाउन सकिने व्यवस्था गर्न लागेको छ । 

हिजो सार्वजनिक भएको कार्यसूचीअनुसार जिल्ला प्रशासन कार्यालयबाट मात्रै नागरिकता र राहदानीको प्राप्त हुँदै आएको प्रतिलिपीका लागि सम्बन्धित जिल्ला धाउनु नपर्ने व्यवस्था लागू हुने भएको हो । 

साथै, हुलाक सेवालाई आधुनिकीकरण गर्ने उद्देश्यसहित  पासपोर्ट, नागरिकता प्रतिलिपि र लाइसेन्स लगायतका सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्था पनि कार्यसूचीमा उल्लेख छ । 

खबरपाटी
खबरपाटी