काठमाडौं - नेकपा एमालेका नेता महेश वर्तौलाले सरकार स्वयम् मुलुकलाई अस्थिरता, मुठभेड र द्वन्द्वतर्फ धकेल्ने भयानक षडयन्त्रमा लागेको आरोप लगाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार निर्माण गरे सँगसँगै नाङ्गो रुपमा दुई तिहाइ शक्तिको दम्भ र उन्माद प्रदर्शन गर्दै क्रुर प्रतिशोधतर्फको यात्रा प्रारम्भ गरेको आरोप लगाएका हुन्। यसबाट सरकार स्वयम् नै मुलुकलाई अनन्त अस्थिरता, मुठभेड र द्वन्द्वतर्फ धकेल्न भयानक षडयन्त्रमा लागेको उजागर भएको उनको भनाई छ।पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ खेदजनक भएको भन्दै उनले आपत्ति जनाएका छन्। मुलुकका सबै देशभक्त र लोकतान्त्रिक राजनीतिक शक्तिहरुले सरकारको यसप्रकारको बदनियतपूर्ण हर्कतको सशक्त बिरोध र प्रतिबाद गर्न जरुरी रहेको नेता बर्ताैलाले बताएका छन्।