काठमाडौं - प्रधानमन्त्रीमा नियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज (चैत १३) दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । यसै दिन मन्त्रिपरिषद् विस्तारको तयारी छ ।
बालेनसहित रास्वपाका शीर्ष नेताले अब बन्ने मन्त्रीहरूको नाम टुंगो लगाएका छन् । मन्त्री बन्ने १६ जनाको नाम टुंगो लगाइएको रास्वपाले जनाएको छ ।
प्रधानमन्त्रीसहित मन्त्री बन्न लागेकाको सूची हेर्नोस्–
१. बालेन्द्र शाह (बालेन), प्रधानमन्त्री, रक्षा
२. डा. स्वर्णिम वाग्ले, अर्थमन्त्री
३. सुधन गुरुङ, गृहमन्त्री
४. शिशिर खनाल, परराष्ट्रमन्त्री
५. सोविता गौतम, कानुनमन्त्री
६. सस्मित पोखरेल, शिक्षामन्त्री
७. सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात
८. प्रतिभा रावल, सामान्य प्रशासन/भूमि, सहकारी तथा गरिबी निवारण
९. सीता वादी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक
१०. अमरेशकुमार सिंह, उद्योग वाणिज्य तथा आपूर्ति
११. विराजभक्त श्रेष्ठ, ऊर्जा जलस्रोत तथा सिँचाइ
१२. निशा मेहता, स्वास्थ्य तथा जनसंख्या
१३. गनेश पौडेल, संस्कृति/पर्यटन
१४. डा. विक्रम तिमल्सिना, सञ्चार तथा सूचना
१५. दीपक शाह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६. गीता चौधरी, कृषि तथा पशुपन्छी