प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरुको शपथ सकियो

प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरुको शपथ सकियो

काठमाडौं – प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरुको शपथ सकिएको छ ।  प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरुलाई शपथ ग्रहण गराएका हुन् ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सबै सांसदहरुलाई स्वागत गर्दै चैत ५ गते परिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाएको बताएका थिए । बानेश्वरमा रहेको भवन जेनजी आन्दोलनका क्रममा क्षति भएको र नवनिर्मित भवन तयार नभएको हुँदा संसद् सचिवालय बिलखबन्दमा परेको बताए ।

उनले बहुउद्देश्यीय हललाई नै तयार पार्ने निर्णयअनुसार हतारहतारमा हल निर्माण गरिएको बताए ।

संसद्मा निर्वाचित सदस्यले पहिलो बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने प्रावधान रहेको छ । सोहीअनुसार आज प्रतिनिधिसभाका सदस्यहरुलाई शपथ ग्रहण गराइएको हो ।

खबरपाटी
खबरपाटी