महासंघ निर्वाचनमा सुरज बन्जाडेको उम्मेदवारी, जुत्ता उद्योग विकासमा जोड

महासंघ निर्वाचनमा सुरज बन्जाडेको उम्मेदवारी, जुत्ता उद्योग विकासमा जोड

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचनमा वस्तुगततर्फ कार्यकारिणी सदस्य पदका लागि सुरज बन्जाडेले उम्मेदवारी घोषणा गरेका छन्।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन नेपालका अध्यक्षसमेत रहेका बन्जाडेले उद्योग वाणिज्य क्षेत्रमा आफ्नो लामो अनुभव र सक्रिय संलग्नताका आधारमा उम्मेदवारी दिएको जानकारी दिएका छन्। उनले आदरणीय नरेश लाल श्रेष्ठको नेतृत्वमा रहेको वस्तुगततर्फको टिमसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन्।

बन्जाडेले नेपाली जुत्ता उद्योगको दीगो विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन, निर्यात विस्तार र रोजगारी सिर्जनालाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। साथै, चोरी पैठारी नियन्त्रण गरी व्यवसायिक वातावरण सुदृढ बनाउने आफ्नो स्पष्ट प्रतिबद्धता रहेको उनले उल्लेख गरेका छन्।

उनका अनुसार उद्योगी–व्यवसायीहरूको साझा आवाजलाई महासंघमा सशक्त रूपमा उठाउँदै नीतिगत सुधार र बजार विस्तारका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने लक्ष्य रहेको छ।

उनले आफ्नो उम्मेदवारी सफल बनाउन महासंघका सदस्यहरूलाई अमूल्य मत, साथ र विश्वासका लागि आग्रह गरेका छन्।

खबरपाटी
खबरपाटी