रविको मुद्दा विनोद शर्मा र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा

रविको मुद्दा विनोद शर्मा र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश विनोद शर्मा र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाई भइरहेको हो।

बिहीबार न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले लामिछानेको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयको प्रतिलिपि र अन्य प्रमाण झिकाउन आदेश दिँदै आज सोमबारका लागि पेशी तोकेको थियो। 

महान्यायाधीवक्ता कार्यालयले आइतबार नै अदालतले मागेअनुसार मुद्दा फिर्ताको निर्णय संशोधनसम्बन्धी फाइल सर्वोच्च अदालतमा पेस गरिसकेको छ। तर, न्यायाधीश पोखरेलले यसअघि लामिछानेको मुद्दाको पक्षमा पैरवी गरेकाले उनले हेर्न नहुने भन्दै आलोचना भएपछि सोही इजलासले आजको पेसी हेर्न मिल्ने न्यायाधीशकोमा मात्र राख्न निर्देशन दिएको थियो।

गएको पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा मात्रै यथावत राखी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता  लिने निर्णय गरेकी थिइन्। 

खबरपाटी
खबरपाटी