रास्वपाको अभिमुखीकरण कार्यक्रममा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

रास्वपाको अभिमुखीकरण कार्यक्रममा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्। 

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए। अभिमुखीकरणको पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएका थिएनन्।
 
महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति लामिछाने र वरिष्ठ नेता बालेन साह आजको समापन समारोहमा सहभागी हुने जानकारी दिएका छन्। उपसभापति अर्यालले शुभकामना मन्तव्य राख्ने क्रममा सम्भव भएसम्म दुवै नेता बुधबारको कार्यक्रममा सहभागी हुने जानकारी दिएका थिए।

यद्यपि रास्वपाले कार्यक्रमको सेड्युलमा बुधबार सभापति लामिछाने सहभागी हुने उल्लेख गरेपनि बरिष्ठ नेता साहबारे केही खुलाएको छैन।

 

खबरपाटी
खबरपाटी