राजनीतिक अन्यौलतालाई केही हदसम्म चिरे पनि स्थिरताको प्रश्न भने अझै कायमै : अष्टलक्ष्मी शाक्य

राजनीतिक अन्यौलतालाई केही हदसम्म चिरे पनि स्थिरताको प्रश्न भने अझै कायमै : अष्टलक्ष्मी शाक्य

काठमाडौँ - नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म चिरे पनि स्थिरताको प्रश्न भने अझै कायमै रहेको बताएकी छिन्।

११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर मोतिदेवी स्मृति केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ शाक्यले देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गरेकी हुन्।

 सबै नेपालीले देशलाई माया गर्नुपर्नेमा उनको जोड  छ। देश कसरी अगाडि बढ्छ भन्ने आम नागरिकको जिज्ञासालाई सम्बोधन गर्दै उनले वर्तमानका चुनौतीहरुलाई सामना गर्न सम्पूर्ण नेपालीबीच एकताको आवश्यकता औँल्याइन्।

नेतृ शाक्यले देश रहे मात्र नागरिकको अस्तित्व रहने कुरामा जोड दिइन्। देशलाई माया गर्न र नेपाली–नेपालीबीच एकताको भावना विकास गर्न उनले सबैमा आह्वान गरिन्। 

संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन र संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्यमा पुग्न राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

समाजवादको गन्तव्यमा पुग्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र सामाजिक न्यायको क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्ने र यसका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने नेतृ शाक्यले स्पष्ट पारिन्।

खबरपाटी
खबरपाटी