निर्वाचन प्रणाली प्रत्यक्षतर्फ १६१ स्थानको नतिजा सार्वजनिक

निर्वाचन प्रणाली प्रत्यक्षतर्फ १६१ स्थानको नतिजा सार्वजनिक

काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्षतर्फ १६१ स्थानको नतिजा सार्वजनिक भइसकेको छ। 


जसमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा १२४ निर्वाचन क्षेत्रमा विजयी भएकोे छ। जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ। 

गोरखा क्षेत्र नम्बर १ मा रास्वपाको अग्रता रहेको हो। नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ। नेकपा एमाले ८ स्थान विजयी हुँदा १ स्थानमा अगाडि रहेको छ। 

नेपाली कम्युनिष्ट पार्टी ७, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन्। 

यस्तै समानुपातिकतर्फको मतगणना जारी छ। पछिल्लो विवरण अनुसार समानुपातिकामा रास्वपाले ३७ लाख ३८ हजार ३० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। 

यस्तै नेपाली कांग्रेसले १२ लाख ६१ हजार ८८० मत पाउँदा नेकपा एमालेले १० लाख ६८ हजार ६१६ मत ल्याएको छ। 

नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ४९ हजार ६ सय ४१, राप्रपाले २ लाख ६२ हजार ६३४, श्रम संस्कृति पार्टिले २ लाख ५२ हजार ९ सय ८ मत प्राप्त गरेको छ।

खबरपाटी
खबरपाटी