काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी हुनुभएको छ।
बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दा उहाँका निकटतम नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८ सय ३८ मत प्राप्त गर्नुभएको हो । रास्वपाका सिंहले यस क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम गर्नुभएको थियो ।
सिंह र थापाबीचको मतान्तर १२ हजार ८ सय ५० रहेको छ । यसअघिको चुनावमा पनि सोही क्षेत्रमा सिंह स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएको थियो। सिंह यसअघि नेपाली कांग्रेसबाट दुई पटक र २०७९ मा स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचित हुनुभएको थियो। यो पटक नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार समेत घोषणा गर्दै सभापति थापालाई सर्लाही(४ बाट उठाएको थियो ।
क्षेत्र (४ को नतिजासँगै सर्लाहीको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिनस्वीप’ गरेको छ । नेकपा एमालेका उम्मेदवार अमनिशकुमार यादवले ९ हजार ३ सय ४३, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उम्मेदवार रजनिश राय यादवले एक हजार ४ सय १ र जनमतका उम्मेदवार राकेश मिश्राले एक हजार ५ सय ७२ मत प्राप्त गरेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
१ लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९ सय ३१ मत खसेको उहाँको भनाइ छ ।