काठमाण्डौ ९ मा रास्वपाका डोलप्रसाद अर्याल विजयी

काठमाण्डौ ९ मा रास्वपाका डोलप्रसाद अर्याल विजयी

काठमाण्डौ – काठमाण्डौ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डिपि अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

रास्वपाका उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक समेत रहनुभएका अर्यालले ३५ हजार ९३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले ५ हजार ४ सय ६० मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा(एमाले)का अजयक्रान्ति शाक्यले ४ हजार ५ सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले १ हजार ४ सय ५७ र नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जनले १ हजार ३ सय २८ मत प्राप्त गर्नुभएको छ ।  

खबरपाटी
खबरपाटी