रौतहट १ मा मतगणना सुरु हुन सकेन

रौतहट १ मा मतगणना सुरु हुन सकेन

काठमाडौं -  रौतहट १ मा मतगणना सुरु हुन सकेको छैन । दलका प्रतिनिधि नआउँदा सर्वदलीय बैठक नै बस्न नसकेको मुख्य निर्वाचन अधिकृत मनोज केसीले बताए । 

उनले भने, “मतगणना सुरु भएको छैन । अझै दलका प्रतिनिधि आउनु भएको छैन । अब केहीबेरमा हामी सर्वदलीय बैठक बस्ने तयारी गरेका छौं ।”

रौतहट १ मा पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधव कुमार नेपाल उमेदवार छन् ।  नेपाली कांग्रेसबाट अनिल कुमार झा, जसपाका योगेन्द्र राय यादव उमेदवार छन् ।

खबरपाटी
खबरपाटी