तेह्रथुममा कांग्रेसका सुब्बाको अग्रता

तेह्रथुममा कांग्रेसका सुब्बाको अग्रता

काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तेह्रथुममा मतगणना जारी छ । नेपाली कांग्रेसका उमेदवार सन्तोष सुब्बा झिनो मतान्तरसहित अग्रता कायम गरेका छन् ।

पछिल्लो मत परिणामानुसार, सुब्बाले एक हजार ८४० मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार भानुभक्त ढकालले एक हजार ८२१ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार सुरेन्द्र कार्की तेस्रो स्थानमा छन् । उनले एक हजार ६०७ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

खबरपाटी
खबरपाटी