गणना भइरहेका ४६ वटा क्षेत्रमध्ये ३० वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि

गणना भइरहेका ४६ वटा क्षेत्रमध्ये ३० वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि

काठमाडौँ -  बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ।  

निर्वाचन आयोगले  १६५ निर्वाचन क्षेत्रमध्ये ४६ वटा क्षेत्रको प्रारम्भिक मतगणना  सार्वजनिक गरेको छ। 

आयोगको प्रारम्भिक तथ्यांङ्क अनुसार मत गणना भइरहेका ४६ वटा क्षेत्रमध्ये ३० वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ। त्यस्तै, नेपाली कांग्रेसले ५, नेकपा एमालेले ३ र नेपाली कम्युनिष्ट पार्टीले एउटा क्षेत्रमा अग्रता कायम गरेको छ।

रास्वपाले काठमाडौँका दशैवटा क्षेत्रमा अग्रता कायम गरेको छ। भक्तपुरका पनि दुवै क्षेत्रमा रास्वपा नै अगाडि देखिएको छ। 

अधिकांश स्थानमा रास्वपाले अग्रता कायम गर्दा कांग्रेसले तेह्रथुम–१, ललितपुर–१, मुस्ताङ–१, कपिलवस्तु–३ र कैलाली–१ मा  मात्रै अग्रता बनाएको छ।

त्यस्तै, एमाले स्याङ्जा–१, रुपन्दही–४  र बाँके–२ मा अगाडि छ। नेकपा रुकुमपूर्व–१ मा अगाडि छ। उक्त क्षेत्रको प्रारम्भिक मत गणनामा नेकपाका संयोजक पुष्पकमल दाहालले अग्रता कायम गरेका छन्।

खबरपाटी
खबरपाटी