माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १८ वर्षपछि मतदान गरे

माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १८ वर्षपछि मतदान गरे

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १८ वर्षपछि मतदान गरेका छन्।

रोल्पाको परिवर्तन गाउँपालिका–३ थुनिकोटस्थित बालशिक्षा मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्। सो केन्द्रमा उनी पहिलो मतदाताका रूपमा मतदान गरेका थिए।

१० वर्षे सशस्त्र युद्धपछि २०६४ सालको निर्वाचनमा मतदान गरेका विप्लवले त्यसपछि भएका तीन वटा निर्वाचनमा भाग लिएका थिएनन्।

तर जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा भएको यस पटकको निर्वाचनमा विप्लव नेतृत्वको माओवादीले पनि सहभागिता जनाएको छ।

खबरपाटी
खबरपाटी