चुनावअन्तर्गत आज भएको मतदान औपचारिक रूपमा सकियो : लाइनमा बस्ने मतदाताले मतदान गर्न पाउने

चुनावअन्तर्गत आज भएको मतदान औपचारिक रूपमा सकियो : लाइनमा बस्ने मतदाताले मतदान गर्न पाउने

काठमाण्डौ – प्रतिनिधिसभा सदस्यको चुनावअन्तर्गत आज भएको मतदान औपचारिक रूपमा सकिएको छ । यद्यपि बेलुका ५ बजेसम्म मतदानस्थल पुगेर लाइनमा बस्ने मतदाताले मतदान गर्न पाउने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो ।
आयोगले बेलुका सवा ६ बजे पत्रकार सम्मेलन गरेर थप जानकारी दिन लागेको छ । दोलखाको एउटा मतदान केन्द्रमा अवरुद्ध मतदानका सन्दर्भमा सम्बन्धित अधिकारीले बुझाएको विवरणको मूल्याङ्कनका आधारमा सक्दो छिटो निर्णय गरिने आयोगले जनाएको छ ।
नवयुवा आन्दोलनपछि विकसित घटनाक्रम र प्रतिनिधिसभा विघटनसँगै आजका लागि नयाँ चुनावको मिति घोषणा भएको थियो ।
धेरैजसो सुगम जिल्लामा आजै  मतपेटिकाहरू गणनास्थल पुर्‍याएर अबेरसम्म भए पनि भोट गन्ने काम शुरू हुन सक्ने निर्वाचन आयोगले जनाएको छ । कतिपय हिमाली जिल्लाका हकमा हेलिकप्टरबाट मतपेटिका सङ्कलन गर्ने काम भोलि बिहानदेखि मात्र मतगणना शुरू हुनेछ ।
आयोगले गणना थालेको २४ घण्टाभित्रै अन्तिम नतिजा सार्वजनिक गर्ने बताएको छ ।

खबरपाटी
खबरपाटी