सिराहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव नगदसहित पक्राउ

सिराहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव नगदसहित पक्राउ

सिराहा । सिराहा क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवार रहेका अशेश्वर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई मंगलबार राति नियमित चेकजाँचका क्रममा पक्राउ गरिएको हो। प्रहरीले ४ लाख ८७ हजार रुपैयाँ नगदसहित उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

यादवसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको र उनीहरूमाथि निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

खबरपाटी
खबरपाटी