केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार दिने विषय स्वाभाविक रहेको पुष्पकमल दाहालको भनाई

केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार दिने विषय स्वाभाविक रहेको पुष्पकमल दाहालको भनाई

काठमाडौँ - नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार दिने विषय स्वाभाविक भएको बताएका छन्।

ओलीले आफ्नो परम्परागत निर्वाचन क्षेत्र रोज्नु एमालेको आन्तरिक निर्णय भएको भन्दै यसमा कुनै विशेष टिप्पणी गर्न आवश्यक नरहेको बताए।

बिहीवार पत्रकार सम्मेलनका क्रममा उनले ओली र झापा ५ को सम्बन्ध पुरानो भएको स्मरण गराए। एमाले अध्यक्ष ओलीले झापालाई नै आफ्नो मुख्य चुनावी आधार क्षेत्र बनाउँदै आएको सन्दर्भमा यसलाई सामान्य राजनीतिक प्रक्रियाको रूपमा व्याख्या गरे।

विगतका निर्वाचनहरूमा पनि ओली सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए।

उनले भने, ‘पहिलो कुरा एमालेका अध्यक्ष केपी ओली झापा ५ मा उठ्दै आएको क्षेत्र हो, उहाँ अहिले पनि त्यहीँबाट उठ्ने निर्णय भइ नै सकेको छ, त्यो उहाँहरुको कुरा हो। त्यहाँ मैले धेरै भन्नु केही छैन। एमाले झापा ५ मा केन्द्रित अहिले मात्रै भएको होइन, अध्यक्ष जहिले पनि झापा ५ बाट उठेको हुनाले त्यो स्वभाविक ठान्छु म चाहीँ त्यसमा हाम्रो धेरै भन्नु केही पनि छैन।’

नेपाली राजनीतिमा पछिल्लो समय एमाले र नेपाली कम्यनुनिष्ट पार्टीबीचमा तिक्तता देखिँदै आए पनि विपक्षी दलका नेताको चुनावी क्षेत्रका बारेमा दाहालले देखाएको यो सन्तुलित प्रतिक्रियालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

खबरपाटी
खबरपाटी