तोलामा साढे १३ हजारले घट्यो सुनको मूल्य, कति पुग्यो ?

तोलामा साढे १३ हजारले घट्यो सुनको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा सुनको मूल्यमा गिरावट जारी छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (माघ १९) तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ । 

आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । 

आइतबार (माघ १८) सुनको मूल्य तीन लाख रुपैयाँ थियो । 

त्यसैगरी, चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा किनबेच हुँदैछ ।

हिजो पाँच हजार ५०० रुपैयाँ थियो 

खबरपाटी
खबरपाटी