भयरहित वातावरणमा मतदान गराउन गृह मन्त्रालयको अवधारणा लागू हुने

भयरहित वातावरणमा मतदान गराउन गृह मन्त्रालयको अवधारणा लागू हुने

काठमाण्डौ – आउँदो फागुन २१ गतेका लागि तय भएको चुनावका लागि वडातहमा क्रियाशील राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागितामा स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न गृह मन्त्रालयले अवधारणा तयार गरेको छ ।  

मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा, २०८२’ जारी गरेको हो । चुनावसम्बन्धि सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिको भूमिका महत्वपूर्ण हुने भन्दै मन्त्रालयले अवधारणा ल्याएको हो ।

अवधारणा कार्यान्वयनका लागि गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचारसमेत गरेको छ । वडा तहमा रहेका राजनीतिक व्यक्ति, पदाधिकारी एवं प्रबुद्ध व्यक्तिलाई निर्वाचन व्यवस्थापनलगायत कार्यमा समावेश गराइ अपनत्वसँगै निष्पक्ष चुनाव सम्पन्न गर्ने अभिप्रायले अवधारणा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो

अवधारणा कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीलाई जिम्मेवार बनाइएको छ ।

खबरपाटी
खबरपाटी