बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

बाँके । १७ वर्षीया बालिकालाई बलात्कारको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

वैजनाथ गाउँपालिका–६ एचगाउँ बस्ने खजुरा गाउँपालिका–७ घर भएका ३० वर्षीय अंगतराम अहिरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले अहिरलाई पक्राउ गरेको हो ।

यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
 

खबरपाटी
खबरपाटी