उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातसहित वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातसहित वर्षाको सम्भावना

काठमाडौँ - पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ।

बुधबार दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू‍भागमा  पूर्णतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी पहाडी र तराईका भूभागमा साधरणतया बादल लाग्नेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातसहित वर्षाको सम्भावना छ। 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती, मधेश र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा  र कोशी प्रदेशको तराईको एकदुई स्थानमा हल्का वर्षाको सम्भावनाछ । 

राति देशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहने महाशाखाले जनाएको ।  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ । 

खबरपाटी
खबरपाटी