आज ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस

सतर्कता र प्रतिबद्धता मार्फत् समाजको सुरक्षा गर्दै भन्सार’ अहिलेको नारा

आज ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस

काठमाडौँ – ‘सतर्कता र प्रतिबद्धता मार्फत् समाजको सुरक्षा गर्दै भन्सार’ अन्तर्राष्ट्रिय नाराका साथ सोमबार नेपालभर ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस भव्य रूपमा मनाइँदैछ। 

विश्व भन्सार संगठन को स्थापना दिवसको सम्झनामा हरेक वर्ष जनवरी २६ मा यो दिवस मनाइन्छ। दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा भन्सार विभागले ४ किलोमिटरको विशेष दौड प्रतियोगिता आयोजना गरेको छ। त्रिपुरेश्वरस्थित विभागबाट सुरु भएको दौड थापाथली, माइतीघर, बानेश्वर हुँदै त्रिभुवन विमानस्थल भन्सार कार्यालय पुगेर समापन भएको छ। 

भन्सार विभागमा आयोजित विशेष समारोहमा अर्थमन्त्री र भन्सार महानिर्देशकले भन्सार प्रशासनमा प्रविधिको प्रयोग र सुधारका बारेमा मन्तव्य राख्नेछन्। समारोहमा उत्कृष्ट कार्य गर्ने भन्सार कर्मचारी र बढी निर्यात गर्ने उद्यमीहरूलाई सम्मान गर्ने कार्यक्रम छ। 

विराटनगर, वीरगञ्ज र भैरहवा लगायतका प्रमुख नाकाहरूमा भन्सार एजेन्ट संघको सहकार्यमा रक्तदान तथा निःशुल्क आँखा जाँच शिविरहरू सञ्चालन गरिएका छन्। नेपालले यस वर्ष भन्सार ऐन २०८२ कार्यान्वयनमा ल्याएसँगै भन्सार प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्य राखेको छ। 

८८नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत कागजरहित भन्सार प्रणालीलाई थप सुदृढ बनाइएको छ, जसले व्यापार सहजीकरण र राजस्व चुहावट नियन्त्रणमा मद्दत पुग्ने विश्वास गरिएको छ।

खबरपाटी
खबरपाटी