उम्मेदवारीपछि पहिलोपटक सर्लाही पुगे कांग्रेस सभापति गगन थापा

उम्मेदवारीपछि पहिलोपटक सर्लाही पुगे कांग्रेस सभापति गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही पुगेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका थापा सिमरा हुँदै सर्लाही गएका हुन्।

गत माघ ६ गते वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारीपछि पहिलोपटक आज आफ्नो निर्वाचन क्षेत्रमा पुगेका हुन्। आज सर्लाहीको बागमती पुल नजिकै कर्मैयामा विशेष भेटघाट कार्यक्रम आयोजना गरिएको छ।

खबरपाटी
खबरपाटी