काठमाडौंका १० वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता

काठमाडौंका १० वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता

काठमाडौं - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्न काठमाडौंका १० क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा चहलपहल शुरु भएको छ ।

क्षेत्र(१ को कार्यालय काठमाडौं महानगरपालिका(३१ स्थित नयाँबानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रको कार्यालयमा स्थापना गरिएको हो । क्षेत्र (२ कार्यालय कागेश्वरी मनोहरा नगरपालिका(५ स्थित थली चौरमा रहेको नगरपालिका भवनमा स्थापना गरिएको काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिनुभयो । क्षेत्र(३ को कार्यालय गोकर्णेश्वर नगरपालिका(४ स्थित वडा कार्यालयमा स्थापना गरिएको छ । क्षेत्र(४ को कार्यालय बूढानीलकण्ठ नगरपालिका(२ चपलीस्थित ज्येष्ठ नागरिक समाज भवनमा स्थापना गरिएको छ । क्षेत्र(५ को कार्यालय टोखा नगरपालिका(५ स्थित श्री समाज भवनमा स्थापना गरिएको छ ।

क्षेत्र(६ कार्यालय तारकेश्वर नगरपालिका(६ धर्मस्थलीस्थित नगरपालिका भवनमा गरिएको छ । क्षेत्र(७ को कार्यालय काठमाडौँ महानगरपालिका( १६ खुसीबु, बालाजुस्थित बहुउद्देश्यीय मार्शल आर्टस् केन्द्र ९जुडो हल०मा स्थापना गरिएको छ । क्षेत्र(८ को कार्यालय नागार्जुन नगरपालिका( ५ स्थित नगरपालिका भवनमा गरिएको छ । क्षेत्र( ९ को कार्यालय चन्द्रागिरी नगरपालिका(१२ बलम्बुस्थित नगरपालिका भवनमा स्थापना गरिएको छ । क्षेत्र( १० को कार्यालय कीर्तिपुर नगरपालिका(२ बाघ भैरवस्थित(२ को कार्यालयमा स्थापना गरिएको छ ।

काठमाडौंका १० वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि दर्ता गराउन चाहनेको आउन थालेका छ । उम्मेदवारी दर्ताका लागि सुरक्षालगायत सबै तयारी पनि पूरा भएको निर्वाचन आयोग, जिल्ला निर्वाचन अधिकारीको कार्यालय, काठमाडौँंले जनाएको हो। उम्मेदवारी दर्ताका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काठमाडौंका १० वटासँगै देशैभरीका १ सय ६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम जारी रहने भएको छ । साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम रहेको हो ।

माघ ७ गते बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भने मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ ।

खबरपाटी
खबरपाटी