आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । सरकारका प्रवक्ता तथा सूचना र सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तयारी गरेका छन् ।
अहिले केहीबेरमा मन्त्री पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट लिन लागेका हुन् । ललितपुर बालकुमारीका स्थायी बासिन्दा रहेका खरेलले साँझ ५ बजे पत्रकार सम्मेलन गर्दैछन् । उनी ललितपुर–२ बाट उम्मेदवारी दिने तयारी गरेको स्रोतको दाबी छ ।
फागुन २१ मा निर्वाचन गराउने जिम्मेवारीसाथ उनी सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए । सरकारमा रहेर रास्वपामैत्री रहेका आरोप लागेका खरेललाई प्रधानन्त्री कार्कीले राजीनामा दिन सुझाव दिएकी थिइन् । आझै खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिइसकेका छन् । यसअघि उर्जामन्त्री रहेको कुलमान घिसिङले राजीनामा दिइसकेका छन् ।