आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - नेपाली कांग्रेसको विवादबारे निर्णय दिन निर्वाचन आयोग घनिभूत छलफलमा जुटेको छ।
सकेसम्म आजै वा नभए छिटै निर्णय दिने गरी आयोग छलफलमा जुटेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले थाहाखबरलाई जानकारी दिए।
कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्ष र संस्थापन शेरबहादुर देउवा पक्षले आफू नेतृत्वको कांग्रेस नै आधिकारित भएको दावी गर्दै निवेदन दिएका छन्।
सोही विषयमा दुवै समूह अहिले आयोग अगाडि प्रदर्शनमा समेत उत्रिएका छन्।
उक्त विवादबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा छन्।
छलफलमा आयोगका कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारी पनि सहभागी छन्। अहिले सबै निर्णइको प्रतिक्षामा रेखिएका छन्।