निर्वाचन आयोगद्धारा गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान

निर्वाचन आयोगद्धारा गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान

काठमाडौँ – निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ।

थापालाई नै सभापतिको मान्यता दिइएको आयोगले जनाएको छ।

आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो ।
आयोगको कानुन शाखाका स्रोतका अनुसार विशेष महाधिवेशन पछि चयन भएको नेतृत्वलाई अद्यावधिक निर्णय गरेको हो।

आज कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर र आयोगका सचिवसहितको छलफलपछि आयोगले उक्त निर्णय गरेको हो।

खबरपाटी
खबरपाटी