कांग्रेसको फुटका कारण आउँदो चुनावलाई कुनै असर नपर्ने : पुष्पकमल दाहाल

कांग्रेसको फुटका कारण आउँदो चुनावलाई कुनै असर नपर्ने : पुष्पकमल दाहाल

चितवन – नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको फुटका कारण आउँदो चुनावलाई कुनै असर नपर्ने दाबी गर्नुभएको छ ।
चितवनको भरतपुरमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै प्रचण्डले कांग्रेसको विभाजनपछि चुनाव के होला रु भन्ने प्रश्न उठिरहेको र यसले चुनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताउनुभयो । सबै पार्टी चुनावमा नै केन्द्रित भएकाले तोकिएको मितिमै चुनाव सम्पन्न हुनेमा ढुक्क रहन उहाँले आग्रह गर्नुभयो ।
संयोजक प्रचण्डले अहिलेको अवस्थामा चुनावबाहेक अरू कुनै विकल्प नभएको र सार्ने या अन्य विकल्पमा जानेतर्फ कदम चालिए अर्को दुर्घटनाको जोखिम रहेको चेतावनी दिनुभयो ।
भरतपुर महानगरको ६ तले प्रशासकीय भवन ५३ करोड ३२ लाख रुपैयाँ लागतमा निर्माण भएको हो ।

खबरपाटी
खबरपाटी