आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको हो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारीरहेको छ । यसै विषय र समसामयिक राजनीतिक विषयमा छलफल गर्न संस्थापन पक्षले बैठक बोलाएको बुझिएको छ ।