आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास क्षेत्रमा सुरक्षा बढाइएको छ ।
बुढानीलकण्ठ नगरपालिका(७ हात्तिगौंडा, हेपाली हाइटस्थित खड्काको निवास क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको हो । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन आयोजना गरेका छन् । विशेष महाधिवेशनमा सोमबार बन्दसत्र शुरु भएको छ । कांग्रेसका बहुमत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भएका छन् ।
सुरक्षा सचेतना अपनाएर खड्काको निवास क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको हो। पूर्वसावधानी अपनाएर कार्यवाहक सभापति खड्काको निवास क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले बताएको छ ।