बाजुराको बूढीगङ्गा नगरपालिकाका तत्कालीन मेयर दीपकविक्रम शाहसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बाजुराको बूढीगङ्गा नगरपालिकाका तत्कालीन मेयर दीपकविक्रम शाहसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ – बाजुराको बूढीगङ्गा नगरपालिकाका तत्कालीन मेयर दीपकविक्रम शाहसहित १४ जना र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगले मेयर शाहसहित प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, प्रशासकीय अधिकृत नरेन्द्र नाथ, शिक्षा अधिकृत जयराज न्यौपाने, इन्जिनियर पारस खाती, सब–इन्जिनियर गणेशराज रेग्मी, असिस्टेन्ट सब–इन्जिनियर भीमराज गिरी, लेखापाल नवराज जोशी, खरिदार श्यामबहादुर खत्री, प्रशासन सहायक वसन्तबहादुर थापा, नायब प्राविधिक सहायक सिद्धराज जैसीविरुद्ध मुद्दा दायर गरेको छ ।
यस्तै अख्तियारले धनगढीको कैलालीमा रहेको जागृतिरएमकेरनेपाल जेभी कम्पनी, कम्पनीका प्रबन्ध सञ्चालक पुष्कर रोकाया र प्रतिनिधि सुरतबहादुर शाहविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूले नगरपालिकाको भवन निर्माण ठेक्कामा मिलेमतो गरि ३ करोड २७ लाख ७८ हजार १ सय ७७ रुपैयाँ ६५ पैसा हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । अख्तियारले उनीहरूविरुद्ध जनही हिनामिना भएको रकम बराबरको बिगो मागदाबी गरेको छ ।

खबरपाटी
खबरपाटी