नयाँ र वैकल्पिक भनिएका शक्तिहरूसँग सहकार्यका लागि छलफल सुरु भ्एको छ : रास्वपा सभापति लामिछाने

नयाँ र वैकल्पिक भनिएका शक्तिहरूसँग सहकार्यका लागि छलफल सुरु भ्एको छ : रास्वपा सभापति लामिछाने

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ र वैकल्पिक भनिएका शक्तिहरूसँग सहकार्यका लागि छलफल सुरु भएको बताएका छन्।

तारिख बुझ्न मंगलबार चितवन पुगेका लामिछानेले त्यसैको प्रयास स्वरूप काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग सोमबार छलफल भएको पनि बताए।

‘नयाँ र वैकल्पिक भनिएका शक्तिहरूलाई संवादमार्फत एकै ठाउँमा ल्याउने प्रयासस्वरुप हामी लागिरहेका छौँ। यसलाई अब टुंगोमा पुग्ने गरी संवाद सुरु भएको छ’ उनले भने ।

बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो? भन्ने प्रश्नमा लामिछानेले भने, ‘हामी त्यसचरणमा प्रवेश गरेका छैनौँ। पहिला त एक अर्काको परिस्थिति बुझ्नुपर्यो, जानकारी लिन पर्‍यो।’ उनले यस विषयमा अहिले नै हतार गर्न नहुने पनि बताए।

‘हामी दुई जना मात्रै बसेर गरेको संवादमा जसलाई जे स्वाद लाग्छ त्यही भनिदिन त भएन नि।’ उनले थपे।

उनले नयाँ शक्तिहरूलाई एकत्रित गर्ने सन्दर्भमा सुधन गुरुङ र ऊर्जा मन्त्री कुलमान घिसिङलगायतसँग पनि छलफल गर्ने बताए।​

 

 

खबरपाटी
खबरपाटी