नेकपा एमाले झनै शक्तिशाली भएर उठेको महासचिव पोखरेलको दाबी

नेकपा एमाले झनै शक्तिशाली भएर उठेको महासचिव पोखरेलको दाबी

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले झनै शक्तिशाली भएर उठेको दाबी गरेका छन्। ११औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले खरानीबाट उठेर एमाले अझै शक्तिशाली बनिरहेको बताए।

महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेको घटनापछि एमालेमाथि संगठित र सुनियोजित रुपमा प्रहार भइरहेको बताए। उनले नेकपा एमाले सकियो भन्ने कतिपयलाई लागिरहेको भएपनि महाधिवेशनमा उपस्थित संख्याले एमाले झनै शक्तिशाली र बलियो बनेर आएको स्पष्ट हुने बताए। 

एमाले सरकारबाट मात्रै बाहिरिएको भन्दै नेपाली जनताको हृदयमा गहिरोसँग बसेको पोखरेलले बताए। भदौ २३ र २४ पछि अध्यक्ष ओलीमाथि आक्रमण भइरहेको उनले बताए।

नेपालको इतिहासमा भदौ २३ र २४ गतेको घटना नवयुवाहरूको भावनामाथि खेल्ने देशविरोधी तत्वहरूको काम भएको पोखरेलले बताए। नेपालको राजनीतिक आन्दोलनको इतिहासमा ठूला आन्दोलनको नेतृत्व आफूहरूले गरेको बताए। 

खबरपाटी
खबरपाटी