मुलुकमा कम्युनिष्ट शक्तिहरूको एकताको विकल्प छैन : देवप्रसाद गुरुङ

मुलुकमा कम्युनिष्ट शक्तिहरूको एकताको विकल्प छैन : देवप्रसाद गुरुङ

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले मुलुकमा कम्युनिष्ट शक्तिहरूको एकताको विकल्प नरहेको बताएका छन्।

शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले मुलुकलाई संकटबाट निकास दिन पनि नेपालका सबै कम्युनिष्ट शक्तिबीचको एकता अनिवार्य शर्त बनेको जिकिर गरे।

नेता गुरुङले मुलुकको राष्ट्रियता सबैभन्दा बढी संकटमा पुगेको औँल्याउँदै उनले त्यसबाट मुलुकलाई पार लगाउन कम्युनिष्टहरुबीचको वृहत्तर एकता र लोकतान्त्रिक देशभक्त शक्तिहरुबीचको सहकार्यका साथ अघि बढ्नुपर्ने अवस्था आएको बताए।

उनले नेपाली कम्युनिष्ट पार्टीले समाजवादको आधार निर्माणका लागि सबै कम्युनिष्ट शक्तिहरुसँग एकताको अभियान सञ्चालन गरेको र एमाले महाधिवेशनले पनि सोही प्रस्तावलाई पारित गरेर अघि बढ्ने विश्वास समेत व्यक्त गरे। 

खबरपाटी
खबरपाटी