२१ करोड बक्यौता नबुझाए वायुसेवा निगमलाई कारबाही गर्ने तयारीमा त्रिभुवन विमानस्थल

२१ करोड बक्यौता नबुझाए वायुसेवा निगमलाई कारबाही गर्ने तयारीमा त्रिभुवन विमानस्थल

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाल वायुसेवा निगमलाई तत्कालै करिब २१ करोड बक्यौता बुझाउन चेतावनीसहितको पत्र पठाएको छ।

यसअघि पटक–पटक ताकेता गरेपनि निगम अटेर गरेको भन्दै २० करोड ९९ लाख ७१ हजार २५० रुपैयाँ ३८ पैसा तत्काल बुझाउन विमानस्थलले पत्राचार गरेको हो।

विमानस्थलका महाप्रवन्धक हंसराज पाण्डेले शुक्रबार निगमलाई पत्राचार गर्दै बक्यौता रकम तुरुन्त भुक्तानी गर्न आग्रह गरेका हुन्। यसअघि पनि बक्यौता रकमका विषयमा पटक–पटक पत्राचार गरिएको भए पनि निगमले हालसम्म सो रकम नबुझाएको कार्यालयले उल्लेख गरेकाे छ।

खबरपाटी
खबरपाटी