नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

काठमाडौं – नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सोही बैठक बुधबार बिहान ११ बजे ललितपुरको जावलाखेलमा बस्ने जानकारी गराउनुभएको हो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको उहाँको भनाइ छ।

बैठकमा आगामी पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताउनुभयो।एमालेको यहि असोज १२ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको थियो ।

खबरपाटी
खबरपाटी