देशका अधिकांश जिल्लामा हप्ता डेंगुको संक्रमण बढ्दै :४ जनाको मृत्यु

देशका अधिकांश जिल्लामा हप्ता डेंगुको संक्रमण बढ्दै :४ जनाको मृत्यु

काठमाडौं – काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा पछिल्लो हप्ता डेंगुको संक्रमण बढ्दै गइरहेको छ।

पछिल्लो हप्तामा ४ सय १३ जनामा डेंगु संक्रमित भएका हुन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकका अनुसार सन् २०२५ को शुरु अर्थात गत पुसको मध्यदेखि हालसम्म ५ हजार ८ सय ७४ जनामा डेंगु पुष्टि भएको छ। ७५ जिल्लामा डेंगु संक्रमण फैलिंदा ४ जनाको मृत्यु भएको छ। ९ईडीसीडी० को तथ्यांक अनुसार पछिल्लो हप्ता गण्डकीमा सबै भन्दा बढी संक्रमित थपिएका छन्। गण्डकीमा १ सय ५१, बागमतीमा १ सय ७, कर्णालीमा ६४, लुम्बिनीमा ३९, सुदूरपश्चिममा ३०, कोशीमा १६ र मधेशमा ६ जनामा संक्रमण पुष्टि भएको हो।

एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो। त्यसपछि सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए। शुरुमा डेंगु तराईमा मात्र सीमित भए पनि सन् २०१८ पछि पहाडी क्षेत्रमा समेत फैलियो र २०१९ मा पहाडमा ठूलो प्रकोपकै रूपमा देखा परेको थियो।

सन् २०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार संक्रमित भएका थिए। ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो। त्यसयता प्रत्येक वर्ष ठूलो संख्यामा संक्रमित देखिन थालेको छ। अब सोही रोग स्थानीय रूपमा फैलिने भएका कारण वर्षभरी नै जोखिम रहिरहेको छ।

सन् २०२२ मा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिंदा ५४ हजार भन्दा बढी संक्रमित भएका थिए। उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो। सन् २०२३ मा कोशी प्रदेशमा डेंगु फैलिएको थियो। २० जना मृत्यु हुँदा ५२ हजार भन्दा बढी संक्रमित भएका थिए। सन् २०२४ मा १५ जनाको मृत्यु भएको थियो।

४१ हजार ८ सय ६५ जना संक्रमित भएको जनाइएको छ ।

खबरपाटी
खबरपाटी