कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको पदाधिकारी बैठकमा सहभागी नहुने

कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको पदाधिकारी बैठकमा सहभागी नहुने

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीकाे पदाधिकारी बैठकमा सहभागी नहुनेहुनु भएकाे छ।

सभापति देउवा बैठकमा सहभागी नहुने भएपछि उपसभापति पूर्णबहादुर खड्काले साेही बैठक सञ्चालन गर्नुहुने भएकाे हाे । बिहीबार दिउँसो १ बजेका लागि कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ।

गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि पहिलो पटक सभापति देउवा पार्टी बैठकमा सहभागी हुने भनिएको थियो । तर उहाँकाे स्वकीय सचिवालयले बैठकमा सभापति देउवा सहभागी नहुने जनाएकाे छ ।

खबरपाटी
खबरपाटी