काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन्।
बिहीबार अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा मुख्यालयमा न्यौपानेलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।
घरेलु फुटबलका चर्चित प्रशिक्षकमध्ये एक न्यौपानेले भर्खरै मात्र उज्वेकिस्तानमा सम्पन्न एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगितामा नेपाली युवा टोलीको नेतृत्व गरेका थिए।
दुई सातापछि न्यौपानेलाई सिनियर महिला टोलीको जिम्मेवारी दिइएको हो। बेल्जियन प्रशिक्षक प्याट्रिक डि वाइल्डले मुख्य प्रशिक्षकबाट राजीनामा दिएसँगै महिला टोली दुई महिनायता प्रशिक्षकविहीन थियो।
वाइल्डले उज्वेकिस्तानमा सम्पन्न एएफसी एसियन कप छनोट प्रतियोगितामा टोलीको नेतृत्व गरेका थिए।
न्यौपानेसँगै एन्फाले सहायक प्रशिक्षकमा भगवती थापा र राजकुमार केसीलाई नियुक्त गरेको छ। त्यस्तै टिम म्यानेजरमा विन्द्रा देवान र ‘फिजियोथेरापिस्टुमा शिला गिरीकै निरन्तरता रहनेछ। ‘किटु म्यानेजरको जिम्मेवारी विकास गुरुङलाई दिइएको छ।