देशभर आगजनी : कहाँ–कहाँ के–के भयो क्षति?

देशभर भएका यी घटनाले सयौं करोडको भौतिक क्षति मात्र नभई राजनीतिक संकट र सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ

देशभर आगजनी : कहाँ–कहाँ के–के भयो क्षति?

सामाजिक आन्दोलन र विरोध प्रदर्शनको क्रममा देशका विभिन्न प्रदेश र जिल्लामा दर्जनौं सरकारी भवन, अदालत, कार्यालय र विमानस्थलमा ठूलो क्षति भएको छ । 

कहाँ–कहाँ के–के क्षति भयो ?

कोशी प्रदेश :
प्रदेशसभा भवनमा आगजनी

मुख्यमन्त्री कार्यालयमा आगजनी

आन्तरिक राजश्व कार्यालय र मेची भन्सार कार्यलयमा आगजनी

मधेश प्रदेश :
सरकारको मुख्यालय र सचिवालयका सबै भवनमा आगजनी

धनुषास्थित जिल्ला प्रशासन कार्यालयमा आगजनी

गण्डकी प्रदेश (पोखरा) :
पोखरा महानगरका संरचनामा आगजनी र तोडफोड

प्रदेशसभा भवनमा आगजनी

कास्की जिप्रका, जिल्ला अदालत, पोखरा उच्च अदालत, प्रदेश लोकसेवा आयोगमा आगजनी

बागमती प्रदेश (हेटौंडा) :
अधिकांश मन्त्रालयमा आगजनी

हेटौंडा उपमहानगर कार्यालय, उच्च अदालत, कर्मचारी सञ्चयकोष कार्यलयमा क्षति

लुम्बिनी प्रदेश रुपन्देही, बुटवल, (भैरहवा) :
उच्च र जिल्ला अदालतसहित दर्जनौं सरकारी कार्यालयमा आगजनी

आन्तरिक राजश्व कार्यालय, भन्सार कार्यलयमा आगजनी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यालय तोडफोड र गाडीमा आगजनी

कर्णाली प्रदेश (सुर्खेत) :
प्रदेशसभा कार्यलय, वीरेन्द्रनगर नगरपालिका, नापी कार्यालय, मुख्यमन्त्री निवास, अख्तियार कार्यालयमा आगजनी

सुदूरपश्चिम प्रदेश (धनगढी, कैलाली) :
महालेखा नियन्त्रक कार्यलयमा आगजनी

मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार तथा सहरी विकास कार्यालयमा क्षति

जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यलय र जिप्रका कैलालीमा आगजनी

देशभर भएका यी घटनाले सयौं करोडको भौतिक क्षति मात्र नभई राजनीतिक संकट र सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ।

खबरपाटी
खबरपाटी