स्वास्थ्यमन्त्री पौडेलको पनि राजीनामा

स्वास्थ्यमन्त्री पौडेलको पनि राजीनामा

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पाैडेलले राजीनामा दिएका छन् । जेन–जी आन्दोलनमा सरकारले दमन गरेपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन थालेका हुन् । 

यसअघि गृहमन्त्री रमेश लेखक र कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिइसकेका छन् । चीन भ्रमणमा रहेका शेखर कोइरालाले आफ्नो समूहका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएका थिए । 

कांग्रेसभित्र सरकारको समर्थन फिर्ता लिन तीव्र दबाब बढिरहेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाब दिइरहे पनि सभापति शेरबहादुर देउवा अहिलेसम्म माैन छन् ।

खबरपाटी
खबरपाटी