राजीनामापछि बालुवाटार छाडेका ओली, कहाँ पुगे त ?

राजीनामापछि बालुवाटार छाडेका ओली, कहाँ पुगे त ?

काठमाडौं – प्रधानमन्त्री पदबाट राजीनामा दिएलगत्तै केपी शर्मा ओली बालुवाटार छाडेर पत्नीसमेत सेनाको हेलिकप्टरमार्फत राजधानीको बुढानीलकण्ठस्थित शिवपुरी ब्यारेक पुगेका छन्। सुरक्षा स्रोतका अनुसार उनलाई त्यहाँ सेनाको विशेष निगरानीमा राखिएको छ।

ओलीले मंगलबार दिउँसो जेन-जेड आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। केही समयमै बालुवाटारस्थित सरकारी निवासमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए।

खबरपाटी
खबरपाटी