आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । रुपन्देही जिल्ला प्रशासन कार्यालयले जेनजीको प्रदर्शनलाई मध्यनजर गर्दै बुटवल-भैरहवा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
प्रशासनले शान्ति सुरक्षा कायम राख्न सोमबार दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको जनाएको हो ।प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क ले दिएको अधिकार प्रयोग गरी सोही कदम चालेको छ ।
प्रशासनले सोमबार दिउँसो एक सूचना जारी गर्दै कर्फ्यूको समयमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन र घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको जनाएको हो ।
नागरिकहरूलाई तोकिएको समयभित्र घर बाहिर ननिस्कन र प्रशासनको आदेशको पालना गर्न आग्रह गरिएको छ। कर्फ्यूको पालना नगर्ने व्यक्तिलाई कानून अनुसार कारबाही हुने पनि प्रशासनले जनाएको हो ।